आजको पञ्चाङ्ग एवम् राशिफल (१७ वैशाख २०८१ सोमबार, २९ अप्रिल २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ वैशाख २०८१ सोमबार, २९ अप्रिल २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख १७ गते तद्अनुसार सन् २०२४ अप्रिल २९ तारिख सोमबार वैशाख कृष्ण पञ्चमी तिथि ५ः५२ पर षष्ठी तिथि पूर्वाषाढ़ा नक्षत्र सिद्धि योग गर करण आनन्दादिमा उत्पात योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२८ मा भयो र सूर्यास्त साँझ १८ः३६ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । व्यक्तिगत काममा समय र धन खर्च हुने देखिन्छ । आर्थिक हानी हुनसक्ने योग रहेकोले कारोवारमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । समस्या तत्काल समाधान नहुन सक्छ, सचेत रहनुहोला । यात्रागत र्कामा सफलता प्राप्त हुनेछ । मित्रजनले साथ दिनेछन् ।

वृष – तपाईंले अरुलाई कुनै बाचा गर्नुभएको छ भने त्यो पूरा गर्न सकिने समय रहेको छ । नयाँ कार्यतर्फ मन जानाले गरिआएको कार्यमा असर पर्ने सम्भावना छ । मिहिनेतअनुसारको फल नपाइने योग छ तर मन खुशी नै रहला । टाढिएका आफन्तको यादले पिरोल्न सक्छ । अन्य कुरामा सुखकै भाव जागृत होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – नयाँ काम सुरु गर्ने समय छ । साझेदारीको काम बन्नेछ भने नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । व्यापारमा राम्रै धनलाभ हुनुका साथै आश मारेको रकम पनि उठ्ने योग परेको छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । नसोचेको ठाउबाट धन आउने सम्भावना छ । रचनात्मकता वृद्धि र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – रचनात्मक एवम् सामाजिक काममा जुट्ने समय छ । मित्रजनले काममा सहयोग जुटाउनेछन् । आज गरेको लगानीले राम्रो प्रतिफल दिनसक्छ । सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा जाँगर र उत्साह भरिएला । कर्मबल वृद्धि र धनलाभको योग छ । रसरागमा आकर्षण बढ्नेछ । समग्रमा दिन राम्रो छ ।

सिंह – अनावश्यक वादविवादमा परिने सभावना रहेकोले आजको दिन विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा झमेला पर्न सक्छ । आलश्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । हातहतियारबाट जोगिने विशेष प्रयास गर्नु हितकर होला । हितैषीसँग पनि मनमुटाव हुनसक्ने योग भएकोले सजगता अपनाइ व्यवहार गर्नुहोला ।

कन्या – व्यस्तता वृद्धि हुनेछ । दिन चुनौतीयुक्त रहला । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या पैदा हुनसक्ने सम्भावना छ । कामहरु अधुरै रहन सक्ने हुँदा महत्वपूर्ण योजना थाती राखेकै राम्रो । मान–सम्मानमा आघात पर्ने योग रहेकोले बोली र व्यवहारमा विशेष सावधानीको दरकार छ ।

तुला – समय शुभदायी छ । वैवाहिक जीवन सुखद रहला । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्नेछ जसले मान-प्रतिष्ठा दिलाउन सक्छ । पारिवारिक आवश्यकता पूर्ति होला । आरोग्यबल बढ्नेछ । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । चल-अचल सम्पत्तिको कारोबार हुन सक्छ । दिन मनोरञ्जनका साथ बित्ने देखिन्छ ।

वृश्चिक – प्रयत्न गर्दा व्यावसायिक काममा फाइदा उठाउन सकिने समय छ । पे्रममा सुखद मिलनको अनुभव गर्न सकिएला । रचनात्मक एवम् साहित्यिक कार्यमा मन जानेछ । यात्रागत कार्यबाट धनलाभ होला । सामर्थ्य वृद्धि हुनेछ । शत्रुपक्ष पारस्त हुनेछ ।

धनु – आजको दिन खासै अनुकुल नरहन सक्छ । स्वास्थ्यगत समस्याका कारण कार्यमा बाधा तथा खर्च वृद्धि हुन सक्छ । यात्रामा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । बाधा र पीडा दिन खोज्नेहरू सक्रिय रहलान् । नसोचेको ठाउँमा ब्यय हुने योग छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ भने बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मकर – अधुरा काम बन्ने तथा आर्थिक लाभ मिल्ने समय छ । कामहरु आज सजिलैसँग बन्ने देखिन्छ । विशेष योजनामा कसैबाट साथ-समर्थन पनि पाइएला । बुद्धिविवेकले सही काम गर्नेछ भने अनायासै ठिक निर्णय हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । अध्ययन-अध्यापन कार्यमा मन जानेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ – आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुने समय छ । सोचेभन्दा बढी नै लाभको सम्भावना छ । व्यापार व्यवसायमा उन्नति हुनाले पराक्रम र आत्मविश्वास वृद्धि होला । व्यवहारिक कर्ममा मन लाग्नेछ । दीर्घकालिन लाभका लागि विशेष मन लगाएर काम गर्नु उचित हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – कर्मबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ भने सुखको भाव वृद्धि होला । घरायसी समस्याले सामान्य मात्रामा सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहला । आर्थिक काम बन्छ तर काम गर्दा विशेष सावधानी अपनाउनुपर्नेछ । सानो प्रयासले रोकिएको काम बन्ने र आम्दानीको स्रोतसमेत बढ्ने योग छ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।