आत्मानन्द लिङ्देन बसोबास गर्ने वडामा आश्चर्यजनक परिणाम !

आत्मानन्द लिङ्देन बसोबास गर्ने वडामा आश्चर्यजनक परिणाम !


प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सुहाङ नेम्बाङको अग्रता वृद्धिकै क्रममा छ । सत्ताइस हजार ६ सय १५ मतगणना गर्दा सुहाङ तीन हजार सात सय ५४ मतान्तरले अगाडि छन् । नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार तीन सय २४ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ६ हजार नौ सय एक मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू एक हजार पाँच सय १२ मतसहित चौथोमा सीमित छन् ।

किरात धर्मगुरू आत्मानन्द लिङ्देन बसोबास गर्दै आएको स्थान माङ्सेबुङ गाउँपालिका-५ को मतपरिणाम भने अप्रत्यासित आएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवारले एक हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन् । सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गरे । रास्वपाका लिम्बूले चाहिँ तीन मतमात्र पाए ।

file photo: rss