उपनिर्वाचन अपडेट : इलाम र बझाङ दुवै क्षेत्रमा एमाले अगाडि

उपनिर्वाचन अपडेट : इलाम र बझाङ दुवै क्षेत्रमा एमाले अगाडि


  • सुरेन्द्र सुवेदी, काठमाडौं

इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा एमालेका उमेद्वार सुहाङ नेम्बाङ ४ हजार ५ सय २३ मतले अगाडि छन् । सुहाङले १२ हजार ४ सय ५ मत पाउँदा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ८ सय ८२ मत पाएका छन् । तेस्रोमा पहिचान पक्षका डेकेन्द्रसिंह थेगिमले ७ हजार ७ सय ६९ र स्वतन्त्र पार्टीका मिलन लिम्बूले १ हजार ६ सय ३६ मत पाएका छन् ।

दोस्रो खड्का र तेस्रो थेगिमको मतान्तर १ सय ११ मात्र रहेको छ ।

बझाङ क्षेत्र १ क मा पुनः एमाले अगाडि देखिएको छ । एमाले दमनबहादुर भण्डारीले ११ हजार २ सय ९६ मत ल्याएका छन् भने कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार ९ सय ४९ मत ल्याएका छन् । उनीहरुको मतान्तर २ सय ८७ मतमात्र छ ।

माओवादीका जनक बुढाले ३ हजार ८ सय २ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १२ मत ल्याएका छन् ।