बझाङ उपनिर्वाचन : एमालेका भण्डारी विजयी

बझाङ उपनिर्वाचन : एमालेका भण्डारी विजयी


बझाङ-१ प्रदेशसभा (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी बनेका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएको जनाएका छन् ।

लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरेका छन् । साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गरेका छन् ।