आजको पञ्चाङ्ग एवम् राशिफल (२१ वैशाख २०८१ शुक्रबार, ३ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ वैशाख २०८१ शुक्रबार, ३ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख २१ गते तद्अनुसार सन् २०२४ मे ३ तारिख शुक्रबार वैशाख कृष्ण दशमी तिथि शतभिषा नक्षत्र ब्रह्मा योग वणि करण आनन्दादिमा सौम्य योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२५ मा भयो र सूर्यास्त साँझ १८ः३८ मा हुनेछ । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस ।

आजको राशिफल

मेष – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने र धैर्यले काम लिने समय छ । केही चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । आजको दिन सन्तान एवम् अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता वृद्धि हुनेछ । रोकिएको काममा सफलता मिल्नेछ ।

वृष – शुभता वृद्धि हुनेछ । समय उत्साहवर्द्धक एवम् मनोरञ्जनपूर्ण रहला । व्यापार–व्यवसायमा विशेष लाभ लिन सकिनेछ । पितृधनसमेत लाभ हुने योग छ । नयाँ व्यवहारिक ज्ञानप्राप्ति होला । व्यावसायिक यात्राको सम्भावना छ । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याहरू समाधान हुनेछन् । यात्रापरक काम बन्नेछ ।

मिथुन – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि श्रमको उचित मूल्यांकन प्राप्त होला । पढाइलेखाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । आजको दिन प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, ध्यान राख्नुहोला । विशेष कार्यको प्रयत्न गर्दा गोप्यतामा ध्यान दिनु हितकर हुनेछ । शत्रुपक्ष कमजोर रहनेछ ।

कर्कट – दौडधुप बढ्नेछ । आजको दिन सहयोगीजनले नै तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौतीका बाबजुद व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – विगतका कमजोरीलाई सुधार गर्दै कार्यगति बढाउने दिन छ । कृषि तथा पशुपालनमा खास लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । भूमि तथा मातृधनबाट पनि लाभ मिल्नेछ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यसफलता मिल्नेछ ।

कन्या – साहस र सुख वृद्धि हुने समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने अवसर जुर्नेछ भने रोकिएका काम सम्पादन हुनेछन् । नयाँ जिम्मेवारी हातपर्ने सम्भावना छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । पशुपालन तथा कृषिक्षेत्रबाट भने सामान्यमात्र लाभ प्राप्त हुने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । तर, स्वास्थ्यगत कमजोरी महसुस भएपनि आज जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । लेनदेनमा विवाद आउने योग छ, सचेत रही व्यवहार गर्नु उचित हुनेछ । सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला । साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक – व्यस्तता बढ्नेछ । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । प्रयास गर्दा रोकिएका काम बन्नेछन् भने नयाँ काममा अघि बढ्ने योग छ । केही मात्रामा खर्च बढ्नेछ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषिकर्म र चौपायाको व्यवसायमा रहनेका लागि लाभप्रद दिन छ । बाध्यतापूर्ण काममै समय बित्न सक्नेतर्फ सचेतना रहनु हितकर होला । रोकिएको काम मिहिनेतले बन्नेछ ।

धनु – आरोग्यबल र प्रेमभाव बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । आज उत्साहमा केही कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्यजीवन सुखद र समृद्ध बन्ने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

मकर – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । व्यावसायिक काममा खर्च बढेपनि सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा केहीमात्र फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले समस्या थपिने देखिन्छ, सचेत रहनुहोला । तथापि, नियमकानूनले तपाईंलाई नै साथ दिनाले समस्याको समाधान मिल्नेछ ।

कुम्भ – स्वास्थ्यमा केही कमजोरीका बाबजुद परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि, काममा सफलता मिल्नेछ । कुनै अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायबाट खास लाभ उठाउन नसकिने देखिन्छ । चुनौतीका बाबजुद प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्न सक्छ । रचनात्मक कार्यमा गति बढ्नेछ ।

मीन – विभिन्न अवसले पछ्याउने दिन छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना पनि देखिन्छ । काममा केही चुनौती देखिए पनि धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । प्रेमको बन्धन कसिने योग छ । आफन्तको साथले समस्याको समाधान मिल्नेछ ।