सांसद शर्माको प्रायोजनमा निःशुल्क स्वास्थ्य शिविर

सांसद शर्माको प्रायोजनमा निःशुल्क स्वास्थ्य शिविर


संघीय सांसद् डा. सुनिलकुमार शर्माले सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा विशेषज्ञ चिकित्सकसहितको चिकित्सा टोलीबाट निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आउने क्रममा हुम्लाको सार्केगाड गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सर्केगाड गाउँपालिकाको आयोजना र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा १ हजार ७ सय बढी विरामीको स्वास्थ्य परीक्षण र उपचार भएको हो ।

काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकसहितको चिकित्सा टोलीले शिविरमा आउने बिरामीहरुको स्वास्थ्य परीक्षणको क्रममा १ सय ४७ जना विरामीलाई शल्यक्रियासहितको थप उपचारको लागि रिफर गरिएको छ । रिफर गरिएको विरामीहरुको काठमाडौं मेडिकल कलेजमा शल्यक्रियासहित उपचार सेवा निःशुल्क गरिने सांसद डा. शर्माले बताएका छन् ।