चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु


अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको सोमबार राति हुरीबताससँगै परेको चट्याङ लागेर मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए ।

चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट

यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका-३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।