शुभकामना– जयदेवकृष्ण श्रेष्ठ

शुभकामना– जयदेवकृष्ण श्रेष्ठ


शङ्का–उपशङ्का छ संविधान बन्ने कि नबन्ने
उकुस–मुकुस छ यो देशमा कसलाई के भन्ने

पर्खंदै छन् सबै जेठ १४ गते के हुन्छ भनेर
हेर्दै छौँ हामी भित्तेपात्रो कति दिन बाँकी गनेर

कोही छन् दङ्ग सडक फराकिलो हुने देखेर
कसैको दिद्रा भङ्ग घरजग्गा अधिग्रहणमा परेर

झन्डै लुटपाट मच्चिएको पकाउने ग्यास नपाएर
अझै छैन सच्चिएको बाँच्ने कसरी खानै नपाएर

शुभकामना नयाँ वर्षको संविधान बने पनि नबने पनि
अखण्ड रहोस् नेपाल सङ्घीयता भए पनि नभए पनि ।। तलेजु प्रकाशन