५० लाखबढी विदेशी मुद्रासहित दुई व्यक्ति पक्राउ

५० लाखबढी विदेशी मुद्रासहित दुई व्यक्ति पक्राउ


प्रहरीले विभिन्न देशका मुद्रा करिव ५० लाखसमेत दुई जनालाई पक्राउ गरेको छ । एक चिनिया नागरिक र एक नेपाली गरी दुई जनालाई पक्राउ गरिएको हो ।

तीन दिनअघि अवैध रुपमा चाइनिज मुद्रासमेत नेपाल भित्र्याएर भन्सार तथा राजस्व छली गरेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट चिनिया नागरिक वर्ष ४७ का याओ लियाङलिनलाई फेला पारेको हो ।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले क्षेत्रपाटीमा रहेको जियाङ सु होटल एण्ड रेष्टुरेन्ट प्रा.लि.मा चाइनिज नागरिक फेला पारेर क्त होटलबाट नेपाली ३७ लाख ८१ हजार ३ सय ५० रुपैयाँ, भारतीय १२ हजार रुपैयाँ, थाई भाट २ हजार, अमेरिकन डलर ५ सय ३०, युरो ३ सय र चाइनिज युआन ३२ हवा् ७० बरामद गरेको हो । उनका साथबाट दुई वटा मोबाइल फोन, याओ लियाङलिनको चाइनिज राहदानी १३९२३७४२४ समेत बरामद भएको व्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौंको २६ ठमेलमा रहेको होटल छेङ्दु प्रा.लि.मा दिपेन्द्र श्रेष्ठलाई फेला पारेर उनको साथबाट नेपाली रुपैयाँ ९ लाखसमेत बरामद भएको छ । उनीहरुलाई ब्युरोले कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरमा पठाएको एसपी बोगटीले बाताए ।