दाङको घोराही उपमहानगरपालिका-१० पहेलपारमा शनिबार दिउँसो दुई महिलाको हत्या भएको छ ।
हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका-१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिएका छन् ।
प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका-१० पहेलपारमा हत्या भएको खबर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताए । उनका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
प्रतिक्रिया