आजको पञ्चाङ्ग एवम् राशिफल (१ जेठ २०८१ मंगलबार, १४ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ जेठ २०८१ मंगलबार, १४ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ १ तद्अनुसार सन् २०२४ मे १४ मंगलबार वैशाख शुक्ल षष्ठी तिथि ५ः२० पर सप्तमी तिथि तिष्य नक्षत्र गण्ड योग गर करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १८ः४४ मा हुनेछ । ज्येष्ठ सङ्क्रान्ति, गंगा सप्तमी ।

आजको राशिफल

मेष – अनुकूलता वृद्धि हुनेछ । आज उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ भने सन्तानका माध्यमबाट विशेष काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन होला । विभिन्न भौतिक साधन जुट्नेछन् र प्रसन्नता मिल्नेछ । विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुने योग छ । तथापि आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सचेत रहनुहोला ।

वृष – आजको दिन मिश्रित फलदायी रहला । सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आर्जित धन केही खर्च हुन सक्छ । तर विभिन्न अवसरले पछ्याउने योग छ । आफ्नै प्रयासले लाभ मिल्न सक्छ र, व्यापारमा पनि राम्रै फाइदाको सम्भावना छ । काममा अभिप्रेरित गर्नेहरू मित्रजनहरू भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । आरोग्यता रहनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – पुरानो समस्याले केही झमेला आइलाग्नसक्ने समय छ । दाम्पत्य सम्बन्धमा पनि शंका र असमझदारी बढ्न सक्छ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइएला । काम बिग्रने डरले सताउनेछ । बेसुरमा कसैलाई वचन दिनाले दुःख पाइएला । कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । आजको दिन स्वास्थ्यमा पनि विशेष ध्यान दिनु उचित हुनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तर, आलोचकहरू बढ्ने योग छ, संयमताका साथ व्यवहार गर्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – नयाँ कामको प्रस्ताव आउने समय छ । मित्र एवम् सहयोगीहरू भेटिनेछन् । धन आर्जन हुने योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । प्रेमको बन्धन कसिन सक्छ । अध्ययनमा राम्रो प्रगति हुनेछ । मत्वपूर्ण योजानमा हात हाल्दै हुनुहुन्छ भने हिम्मतले काम लिनुहोला, सफलता मिल्नेछ । आरोग्यता बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला ।

कन्या – विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । मन आजको दिन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर हुनेछ । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ ।

तुला – सामर्थ्य र कर्मबल वृद्धि होला । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिएला । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ भने प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । समग्रमा दिन शुभकारी छ ।

वृश्चिक – दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय भएपनि विचार नपु¥याउँदा अनावश्यक दौडधुपमा समय बित्न सक्छ । अप्ठ्यारा कामको बोझ थपिन सक्ने सम्भावना भएकोले मानसिकरूपले तयार हुनु उचित हुनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा पनि विशेष सजगता अपनाउनुहोला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्ने योग छ ।

धनु – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउला । साझेदारीमा फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्नेछन् । प्रेम र मित्रताको गाँठो कसिनेछ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । आजको दिन दौडधुप वृद्धि भएपनि गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – बोलीको प्रभावले फाइदा उठाउन सकिने समय छ । मेहनतले धेरै काम बनाउन सकिएला । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ भने व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । दाम्पत्यसुख बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । सन्तानसुख बढ्नेछ ।

कुम्भ – पहिलेका कर्मको प्रतिफल पाइनेछ, साथै कामको चापबाट पनि फुर्सद पाइने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखापर्न सक्छ, ध्यान राख्नुहोला । प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । अध्ययनमा पछि परिने योग भएकाले धैर्यको दरबार छ । आरोग्यता रहनेछ ।

मीन – प्रेमभाव वृद्धि हुनेछ । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ । आफन्तको साथ मिल्नेछ । समस्याको समाधान होला ।