जिबी राईको राहदानी रोक्का गर्न पत्राचार

जिबी राईको राहदानी रोक्का गर्न पत्राचार


सहकारीको अर्बाैं रुकम हिनामिना गरेर फरार रहेका जिबी राईको राहदानी रोक्का गर्न कास्की प्रहरीले गत आइतबार राहदानी विभाग, त्रिपुरेश्वरमा पत्र पठाएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका व्यापारिक साझेदार राई हाल मलेसियामा रहेको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले यसअघि नै बताएका थिए ।

मलेसियासित नेपालको सपुदर्गी सन्धी नभएकोले उनलाई नेपाल ल्याउन कानुनी बाधा रहेको बताइन्छ । राई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ‘ग्यालेक्सी फोर-के’का सञ्चालक समेत हुन् ।

प्रहरीले इन्टरपोलमार्फत् राईविरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ । तर, उनी पक्राउ पर्न सकिरहेका छैनन् । प्रहरीले राहदानी ऐन, २०७६ को दफा १२ र दफा १५ अनुसार राहदानी रोक्का वा रद्द गर्न पत्राचार गरेको प्रहरी स्रोतको भनाइ छ ।