सगरमाथा आरोहण : दुई जना मंगोलियन बेपत्ता

सगरमाथा आरोहण : दुई जना मंगोलियन बेपत्ता


  • सुरेन्द्र सुुवेदी, काठमाडौं

विश्वको सर्वाेच्च शिखर सगरमाथा हिमाल आरोहण गर्ने गएका दुई जना कम्बोडियन नागरिक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा युखजर्गल सिडेनडम्बा (५१) र प्योरभिस्रन खाग्बाजाभ (३१) रहेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए ।

गुरूङका अनुसार उनीहरु हिमश्रृङ्खलाको ८ हजार मिटरमाथिबाट बेपत्ता भएको र खोजीको प्रयास भइरहेको छ । गत वैशाख ३१ गते बिहान ८ बजेर ४५ मिनेट जाँदा उनीहरुलाई देखिएको र त्यसपछि भने बेपत्ता रहेको विभागले जनाएको छ ।

सगरमाथा आधार शिविरमा खटिएका सम्पर्क अधिकृतहरुलाई उदृत गर्दै निर्देशक गुरुङले भने, ‘उनीहरु ८ हजार मिटरमाथिबाट हराइरहेकोले खोजीको प्रयास भइरहेको छ ।’ वसन्त ऋतुमा गत फागुन १५ देखि यही जेठ १५ सम्म हिमाल आरोहण गर्ने उचित समय मानिन्छ ।

यो वसन्त ऋतुमा नेपालका ३० वटा हिमाल चढ्न ९ सय ७१ जनाले अनुमति लिएका छन् । जसबाट ६७ करोड ४७ लाख १४ हजार रुपैयाँ सलामी प्राप्त भएको छ । सगरमाथा हिमाल चढ्न भने ४१ समूहका ४ सय १४ जनाले अनुमति लिएका छन् ।