क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बुधबार सुनुवाइ हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बुधबार सुनुवाइ हुने


उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार (२ जेठ) सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।