भारतमा बन्धक बनाइएका ३६ नेपालको उद्धार : दुई जना पक्राउ

भारतमा बन्धक बनाइएका ३६ नेपालको उद्धार : दुई जना पक्राउ


नेपालका सर्लाही, महोत्तरी र धनुषा जिल्लाका ग्रामीण क्षेत्रबाट रोजगारीका लागि भारतको कस्मिर पुगेका ३६ जना मजदूरलाई बन्धक बनाइएको खुलेको छ ।

बन्धक बनाउने दुई जना पक्राउ परेका छन् भने बन्धक बनाइएकाहरुको भारतस्थित नेपाली दूतावासको सहयोगमा उद्धार गरिएको छ ।

नेपाली मजदूरलाई भारतीय नागरिकहरु मुख्तकिम आलम र मोहमद साजादले बन्धक बनाएका थिए । उनीहरु पक्राउ परेका छन् ।

स्रोतका अनुसार भारतको नयाँदिल्लीमा रहेको नेपाली दूतावास र एक सामाजिक संस्थाको पहलमा बन्धक बनाइएकाहरुको उद्धार गरिएको हो । उनीहरू गत ३ महिनादेखि बन्धक रहेको पनि खुल्न आएको छ । नेपाली मजदूरलाई किन बन्धक बनाइयो ? त्यसको स्वतन्त्र पुष्टि भएको छैन भने बन्धक बनाइएका उनीहरुको नगद, मोवाइल खोसिएकोदेखि मार्नेसम्मका धम्की बन्धक बनाउनेले दिइरहेका थिए ।