स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था चिन्ताजनक


  • सागर सुवेदी, अष्ट्रिया

अष्ट्रियाको छिमेकी मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । मध्य स्लोभाकियास्थित एक सानो शहर हान्लोभामा गोली प्रहार भएको जनाइएको छ । अष्ट्रियाली समाचार संस्थाले जनाएअनुसार प्रधानमन्त्री फिकोको पेट र हातमा कम्तिमा तीन वटा गोली लागेको छ ।

गोली चलाउने संदिग्ध व्यक्तिलाई स्लोभाकिस सुरक्षा निकायले तत्काल गिरफ्तार गरेको छ भने प्रधानमन्त्रीलाई किन गोली प्रहार गरिएको भन्ने विषय अझैसम्म खुलासा भएको छैन ।

गोली प्रहारपश्चात नजिकको अस्पताल पुऱ्याइएका प्रधानमन्त्री फिकोको अवस्था अत्यन्त चिन्ताजनक रहेको जनाइएको छ ।

यसैबीच अष्ट्रियाली प्रधानमन्त्री (चान्सलर) कार्ल नेहामेरले स्लोभाकियाकाका प्रधानमन्त्रीमाथिको हमला प्रजातन्त्रविरुद्दको हमलाको संज्ञा दिएका छन् ।