७ करोड ९६ लाखको कोकिन बरामद : तीन जना अन्तर्राष्ट्रिय संगठिन कारोबारी पक्राउ

७ करोड ९६ लाखको कोकिन बरामद : तीन जना अन्तर्राष्ट्रिय संगठिन कारोबारी पक्राउ


  • सुरेन्द्र सुवेदी, काठमाडौं

लागूऔषधको अन्तराष्ट्रिय गिरोहले नेपाल भित्र्याएको ठूलो मात्राको कोकिन बरामद गर्न प्रहरी सफल भएको छ । अन्तर्राष्ट्रिय बजारमा ७ करोड ९६ लाख रुपैयाँ मूल्य हुन आउने २ किलो ६ सय ५४ ग्राम कोकिनसहित ३ जना कोकिनका अन्तराष्ट्रिय कारोबारी महिलाहरु पक्राउ परेका हुन् ।

गत वैशाख ३० गते कतारबाट काठमाडौ आएका युगाण्डियन नागरिक ४४ वर्षीया केभिना मुगालालाई काठमाडौंको सिनामंगलमा प्रहरीले फेला पाऱ्यो । उनीको खानतलासी गर्दा पेटमा शंकास्पद पदार्थ रहेको अनुमानमा प्रहरी अस्पताल महाराजगञ्जमा परीक्षण गर्दा पेटमा निलेर ल्याइएका ९० वटा कोकिनका क्यापसुल फेला परेको हो । मुगालाको पेटभित्रबाट निकालिएको कोकिनका क्यासुललाई तौल गर्दा १ किलो २ सय ६० ग्राम रहेको लागू औषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी गोबिन्द थपलियाले जानकारी दिए ।

एसएसपी थपलियाका अनुसार यही जेठ २ गते काठमाडौको ठमेल धोविचौराको एक होटलमा युगाण्डाकै LILLIAN SUSAN WANYENZE को शुटकेश भित्र Snikers Chocolate मा राखिएका ६३ वटा प्लाष्टिकले ऱ्यापिङ गरिएका कोकिनका क्याप्सुल पनि फेला परे । त्यहाँ फेला परेका कोकिनका क्याप्सुलको तौल १ किलो ३ सय ९४ ग्राम रहेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा बरामद भएको कोकिन १ किलो ३ सय ९४ ग्राम लिन आउने भारतिय नागरिक बर्ष ३३ कि दिवाजनी पाल DEWAJANI PALसमेतलाई ठमेल धोविचौरकै होटेलबाट पक्राउ गरिएको प्रहरी जनाउँछ ।

नेपालमा कोकिनको खपत प्राय: शुल्न छ । तर, नेपाललाई ट्रान्जिट पैण्ट बनाएर भारत र भारतहुँदै विश्वका अन्य देशमा कोकिनको कारोबार गर्न विश्वका लागूऔषधका संगठित कारोबारीहरु सक्रिय रहँदै आएका छन् ।

स्रोतहरुका अनुसार नेपालमा प्रहरीले लागू औषधको कारोबार करिव १० देखि १२ प्रतिशत नियन्त्रणमा राख्न सकेको छ भने करिव ८८ देखि ९० प्रतिशत भूमिगत रुपमा कारोबार, प्रयोग हुने गरेको एक अध्ययनले देखाएको छ । नेपालको कानुन अन्य देशको तुलनामा केही खुकुलो भएको विश्वासका साथ अन्तराष्ट्रिय कारोबारीहरु नेपालको भूमी प्रयोग गर्दै लागू औषधको कारोबारमा नेपाललाई ट्रान्जिट पैण्ट बनाउने गरेको पाइन्छ ।