पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन


पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको बिहीबार (३ जेठ) ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ ।

थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति हुनुहुन्थ्यो । उहाँको कार्यकालमा नेपाली सेनाको सङ्गठन सुधारका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएको थियो ।