दाङमा यात्रुबाहक बस दुर्घटना, सत्र यात्रु घाइते

दाङमा यात्रुबाहक बस दुर्घटना, सत्र यात्रु घाइते


दाङबाट काठमाडौंका लागि प्रस्थान गरेको यात्रुबाहक बस शुक्रबार (४ जेठ) साँझ तुलसीपुर उपमहानगरपालिका-१८ स्थित तुलसीपुर-घोरही सडकखण्डको झिङ्गैचोकमा दुर्घटना हुँदा सत्र जना यात्रु घाइते भएका छन् ।

काठमाडौंका लागि यात्रु लिएर गुडेको बागमती प्रदेश ३-०१-००६ख०९७५ नम्बरको बस दुर्घटनामा परेको हो । घाइते यात्रुहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

३३ वर्षीय बसचालक गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उपलब्ध गराएको घाइते यात्रुहरुको सूची यस्तो छ-

photo: rss