करेण्ट लगाएर माछा मार्दा प्राणान्त

करेण्ट लगाएर माछा मार्दा प्राणान्त


करेण्ट लगाएर माछा मार्नेक्रममा संखुवासभामा एकजनाको ज्यान गएको छ । जिल्लाको चिचिला गाउँपालिका वडा नम्वर–२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही स्थान बस्ने २५ वर्षीय छेम्बी शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हो ।

घाटनापछि प्रहरी निरीक्षक रामकुमार लामिछानेसहितको अनुसन्धान टोलीले घटनास्थलबाट प्रहरीले ब्याट्री, इन्भर्टर तथा विद्युतीय तारसमेत बरामद गरेको छ ।