गरिव र विपन्न बालबालिका पढ्ने अब्बल रुद्रमति स्कुल

गरिव र विपन्न बालबालिका पढ्ने अब्बल रुद्रमति स्कुल


राजधानी काठमाडौंको वडा १०, देवीनगरमा रहेको रुद्रमति आधारभूत विद्यालय गरिव र विपन्न बालबालिका पढ्ने उत्कृष्ठ स्कुल भएको छ । यहाँबाट कक्षा ५ उत्तीर्ण गरेर अन्य विद्यालयमा जाने बालबालिकाले राम्रो उपलब्धी हासिल गर्दै आएका छन् ।

विद्यालयको २९औं वार्षिकोत्सवमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद अवस्थीले भने- ‘देवीनगरमा रहेको यो रुद्रमति आधारभूत विद्यालय पूर्णतय विपन्न र निःसहाय बालबालिका पढ्ने विद्यालय हो, यसको शैक्षिक स्तर अझैं बढाउन सबै सक्रिय भएर लाग्नु पर्छ ।’ उनले अगाडि भने, ‘यस आधारभूत विद्यालयका विद्यार्थीले अहिलेसम्म अर्काे विद्यालयमा गएपछि राम्रो स्तर प्राप्त गरेकोमा हामी अति खुसी छौं, आशा एव्म विश्वास छ, अझै गुणस्तरीय पठनपाठनमा रुद्रमति अग्रणी स्थानमा रहन्छ ।’

काठमाडौं महानगरपालिका-१० का वडा अध्यक्ष रामकुमार केसीले महानगरपालिकाले यो विद्यालयलाई आर्थिक रुपमा सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे । वार्षिकोत्सवमा विद्यालयका संस्थापक, उत्कृष्ट विद्यार्थीदेखि शिक्षक तथा शिक्षिका र सहयोगीहरु २२ जनालाई प्रमाणपत्रसहित सम्मान पनि गरिएको छ ।