जंगलमा मौरीले डस्दा वृद्ध दम्पति घाइते, मेयरले गरे उद्दार

जंगलमा मौरीले डस्दा वृद्ध दम्पति घाइते, मेयरले गरे उद्दार


दाङको तुलसीपुर उपमहानगरपालिका निवासी एक दम्पत्ती मौरीले डसेर घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-३ अम्बासका ६२ वर्षीय सुपबहादुर दमाई र उनकी श्रीमती ६१ वर्षिया लीलावतीलाई आफन्तीको घरबाट आफ्नो घर जाने क्रममा शनिबार दिउँसो दमारगाउँ-अम्बास सडकखण्डको भ्युडरगैह्राको जंगलमा मौरीले डसेको अवस्थामा फेला पारेको उपमहानगरका मेयर टिकाराम खड्काले जानकारी दिए ।

वृद्ध दम्पत्तीलाई जंगलमा घाइते अवस्थामा फेला पारेपछि उपमहानगर प्रमुख खड्काले आफ्नै गाडीबाट उद्धार गरी उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेको मेयरको सचिवालयले जनाएको छ । स्वकीय सचिव गोकर्ण पौडेलका अनुसार सबै उपचार खर्च उपमहानगरले ब्यहोर्ने छ ।