पशुपतिनाथको भेटी चोरी : कोषकै पदाधिकारीले चोरी गर्न लगाएको बयान

पशुपतिनाथको भेटी चोरी : कोषकै पदाधिकारीले चोरी गर्न लगाएको बयान


भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका छन् ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीको भनाइ छ । यसबारे प्रहरीले अनुसन्धान जारी राखेको बुझिएको छ ।