थलीमा नगरकोटी मृतावस्थामा, छोरा फर्पिङमा घाइते भेटिए

थलीमा नगरकोटी मृतावस्थामा, छोरा फर्पिङमा घाइते भेटिए


राजधानीको कागेश्वरी मनोहरा नगरपालिका-५, थलीमा भक्तपुर नगरपालिका-७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी मृतअवस्थामा फेला परेका छन् ।

आज (८ जेठ) बिहान साढे ५ बजे स्थानीयले नगरकोटीलाई मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

कृष्णका छोरा पनि काठमाडौंकै फर्पिङमा घाइते अवस्थामा भेटिएका छन् । उनका साथै मृतक कृष्णकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । नगरकोटीको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी जनाउँछ ।

नगरकोटीको अनुहार कालो कपडाले छोपेको र रगत बगिरहेको अवस्थामा फेला परेको थियो ।