प्रहरीका नौ प्राविधिक अधिकृतलाई दर्ज्यानी चिन्ह

प्रहरीका नौ प्राविधिक अधिकृतलाई दर्ज्यानी चिन्ह


हालै पदोन्नति भएका ९ जना प्राविधिक प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको यही जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना तथा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा ९ जना गरी जम्मा १० जना प्रहरी अधिकृत पदोन्नति भएका थिए ।

दर्ज्यानी चिन्ह प्राप्त गर्ने प्रहरीमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्रकुमार राई तथा प्राविधिक प्रहरी निरीक्षकहरू सरीता केसी, सोनिम महत्तो, शैलेन्द्रकुमार सिंह, गणेशकुमार पाण्डेय, बलदेव बडु, तिर्थबहादुर थोकर, राजनबहादुर बुढाथोकी र हिमाल खड्का छन् । प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाह वैदेशिक तालिमका लागि हाल कोरियामा छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हितमा थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप उत्प्रेरित हुने विश्वास व्यक्त गरे । उनले प्रहरीमा विभिन्न प्राविधिक समूहले पु¥याएको सेवाको प्रशंसा गर्दै प्रविधिको प्रयोगले अपराधमा बढ्दो सूचनाको दुरूपयोग जस्ता चुनौतीको सामना गर्न नेपाल प्रहरीलाई सहज भएको बताए ।