कान्तिपुरका कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरीद्वारा पुर्जी जारी

कान्तिपुरका कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरीद्वारा पुर्जी जारी


नागरिकता कीर्ते गरेको कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको छ ।

सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिई पुर्जी जारी गरिएको धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

सर्लाहीका इन्द्रजीतप्रसाद महतोले धनुषा जिल्ला प्रहरी कार्यालयमा सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता गरेका थिए । यस मुद्दामा सिरोहियालाई पक्राउ गर्न न्यायाधीश चित्रबहादुर गुरुङको २ नम्बर इजलासले आज (८ जेठ) अनुमति दिएको घिमिरेको भनाइ छ ।

सिरोहियाको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको सन्दर्भले पछिल्लो समय मिडिया तथा सामाजिक सञ्जालमा चर्चा पाउँदै आएको छ ।