सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवाको आपत्ति

सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवाको आपत्ति


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति व्यक्त गरेका छन् । सभापति देउवाले अध्यक्ष सिरोहिया पक्राउ परेपछि द्विट गर्दै आपत्ति जनाएका हुन् ।

यसैगरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि सामाजिक सञ्जाल एक्समार्फत कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरेर सरकारले गल्ती गरेको उल्लेख गरेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाउँदै भनेका छन्, ‘कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरूपण हुने नै छ । तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ ।’

यस मामलामा नेपाल पत्रकार महासङ्घलगायत विभिन्न सङ्घ संस्था, व्यक्तिलगायतले पनि विरोध जनाएका छन् ।