मोटरसाइकल चोरीमा संलग्न दुई युवा पक्राउ

मोटरसाइकल चोरीमा संलग्न दुई युवा पक्राउ


मोरङमा मोटरसाइकल चोरी गर्ने दुई युवा पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका-७ बाट प्रदेश १–०२–०४४प ७०२९ नम्बरको अपाची मोटरसाईकल र को१८प ८८६८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल चोरीमा संलग्न भारत विहार राज्य निरगन्ज-६ बस्ने वर्ष २० को साजिद रजा र बर्ष २८ को एहसान सेखलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।