सगरमाथा आरोहण : बेलायती र नेपाली नागरिक बेपत्ता

सगरमाथा आरोहण : बेलायती र नेपाली नागरिक बेपत्ता


सगरमाथा आरोहणका क्रममा दुई जना बेपत्ता भएका छन् । एक/एक बेलायती र नेपाली नागरिक बेपत्ता भएको पर्यटन विभागले जनाएको छ । सगरमाथाको सफल आरोहण गरेर फर्कनेक्रममा सङ्खुवासभाको मकालु गाउँपालिका-२ का २१ वर्षीय पासतेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका हुन् ।

८ हजार ७ सय ५० मिटरको उचाइमा साउथ समिटमा चिप्लिएर उनीहरु बेपत्ता भएका उनीहरुको खोजीमा सहयोग गर्न विभागले आग्रह गरेको छ । उनीहरुले मंगलबार बिहान सगरमाथाको आरोहण गरेका थिए ।

यसअघि क्यम्बोडियन नागरिक दुई जना बेपत्ता भएकामा एक जनाको शव पेला परेको छ भने अर्का एकको अझै शव फेला परेको छैन । यो सिजनको आरोहणमा करिव ९० जनाले सफल आरोहण गरेको विभागको अनुमान छ । आरोहणको पूर्ण विवरण बसन्त ऋतुको आरोहण सकिएपछि यही जेठ २० गतेसम्ममा आइपुग्ने विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।

file photo