सगरमाथा आरोहणका क्रममा केन्याली नागरिकको मृत्यु

सगरमाथा आरोहणका क्रममा केन्याली नागरिकको मृत्यु


सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक ‘जोसुआ चेरियटको किरुईको’को मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिनाअक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो । बुधबार राति सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृतावस्थामा भेटिएका थिए ।

मे १८ तारिखका दिन नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रो शिविरतर्फ गएका थिए । उनी २० मे का दिन तेस्रो शिविर पुगेका थिए । २१ मेका दिन चौथो शिविर पुगेका आरोहीहरू २२ मे (बुधबार) बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए ।

आरोही र सहयोगी सगरमाथानजिकै पुगे पनि आरोहण गरे/नगरेको यकिन नभएको समेत विभागले जनाएको छ ।

बुधबार (९ जेठ) दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभवी माउन्टेन पथप्रदर्शक परिचालन गरी क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो । सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको हो । सहयोगी शेर्पाको अवस्थासमेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।