वसन्त ऋतुमा सगरमाथा आरोहण : ४ जनाको मृत्यु, ४ जना बेपत्ता, ५७० जनाबाट सफल आरोहण

वसन्त ऋतुमा सगरमाथा आरोहण : ४ जनाको मृत्यु, ४ जना बेपत्ता, ५७० जनाबाट सफल आरोहण


  • सुरेन्द्र सुवेदी, काठमाडौं

यस वर्षको वसन्त ऋतुमा विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न गएकामध्ये ४ जनाको मृत्यु भएको छ भने ४ जना नै बेपत्ता छन् । गत फागुन १५ देखि यो महिनाको १८ गतेसम्म हिमाल आरोहण गर्न उचित समय मानिन्छ । यो अवधिमा ५ सय ७० जनाले सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । बिहीबार एकैदिन ६५ जनाले आरोहण गरेका छन् । निर्देशक गुरुङका अनुसार अबको एक सातामा थप केहीले सफल आरोहण गर्ने अपेक्षा छ ।

पर्यटन विभागबाट सगरमाथा आरोहण गर्न ४३ समूहका ७६ महिला र ३ सय ४३ पुरुषले अनुमति लिएका छन् । जम्मा ४ सय १९ जनाले सगरमाथा चढ्ने अनुमति पाउन नेपाल सरकारलाई ५९ करोड ९६ लाख ३४ हजार ४९ रुपैयाँ सलामी बुझाएका छन् ।

आरोहण गर्न गएकामध्ये नेपालका सोलुखुम्बुको लिखु पिके पालिकाका ङवाङ शेर्पा (४४) र संखुवासभाको मकालु-२ का पास तेन्जी शेर्पा (२३) हराइरहेका छन् भने कास्कीको पोखरा-२६ का विनोदवावु बास्ताकोटी (३७) को मृत्यु भएको छ ।

मंगोलियाका usukhjargal tsedendamba (५३), मंगोलियाकै purevsuren lkhagvajav (४०), केन्याका joshua cheruiyot (४०), रोमानियाका gabrial viorel tabara (४६) को मृत्यु भएको छ भने युकेका daniet paul (४०) हराइरहेको विभागका निर्देशक गुरुङले घटना र विचारलाई बताए ।

file photo