कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट

कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट


नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनु भएकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा. अग्नेज कल्लामार्डले भेट गरेका छन् ।

देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारलगायत समसामयिक विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।