एक जोडी खरबुजाको मूल्य ३० लाख येन !

एक जोडी खरबुजाको मूल्य ३० लाख येन !


  • विशेष प्रतिनिधि, होक्काइदो (जापान)

जापानको होक्काइको युबारीमा फलाइएको एक जोडी खरबुजा सापोरोमा आयोजित यस सिजनको पहिलो लिलामीमा ३० लाख येनमा बिक्री भएको छ । लिलामी साप्पोरो सिटी सेन्ट्रल होलसेल मार्केटमा शुक्रबार (११ जेठ) बिहान ७ बजेदेखि भएको थियो ।

होक्काइदो ब्रोडकास्टिङ कर्पोरेशनले जनाएअनुसार युबारीमा रहेको तरबूज प्याकेजिङ र बिक्री गर्ने कम्पनी होकुयुप्याकले खरिद गरेको हो ।

होकुयुप्याकका अध्यक्ष कियोमिची नोदाले भनेका छन्, ‘म युबारीलाई पुनरुत्थान गर्न चाहन्छु र जापानभरका मानिसहरूले मीठो खरबुजाको मजा लिनेछन् भन्ने आशा गर्दछु।’

अध्यक्ष कियोमिचीले जुन १ र २ मा आफ्नो कम्पनीको कार्यालयमा आउने पहिलो २०० ग्राहकहरूलाई युबारी खरबुजा निःशुल्क उपलब्ध गराइने बताएका छन् ।

युबारी शहर कृषि सहकारीका अनुसार यस वर्ष ८९ जना तरबूजा उत्पादकले कुल ३,२१९ टन ढुवानी गर्ने अपेक्षा गरिएको छ ।

यसअघि सन् २०१९ मा युबारी खरबुजाको एक जोडी ५० लाख येनमा बिक्री भएको थियो । यो हालसम्मको उच्च मूल्य हो ।