फलफुल वितरण गरी मनाइयो नेप्रेयु स्थापना दिवस

फलफुल वितरण गरी मनाइयो नेप्रेयु स्थापना दिवस


  • आरपी उपाध्याय, नवलपरासी

नेपाल प्रेस युनियनको स्थापना दिवस पश्चिम नवलपरासी अन्तर्गत पृथ्वी चन्द्र अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरी मनाइएको छ। नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले पृथ्वी चन्द्र अस्पताल परासीका ४१ बिरामीहरुलाई फलफुल वितरण गरी ३३औं स्थापना दिवस मनाइएको युनियनका जिल्ला शाखा सभापति उमेश बिकले जानकारी दिए ।

सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखाले आगामी दिनमा पनि सत्य तथ्य समाचार सम्प्रेषणसहित थप अन्य रचनात्मक कार्य गर्दै जाने बताएको छ।

पृथ्वी चन्द्र अस्पतालका बिरामीहरुलाई फलफूल वितरण कार्य आरम्भ गर्दै नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका कार्यवाहक सभापति विक्रमप्रसाद यादवले लोकतन्त्रको सच्चा पहरेदारको रुपमा रहेका प्रेस जगतले समाचार लेखेको आधारमा राज्यले धरपकड गर्न नहुने बताउँदै लोकतन्त्र प्रप्तिको विभिन्न कालखण्डमा सञ्चारकर्मीहरुले खेलेको भूमिका प्रसंशनिय रहेको बताए ।

सो अवसरमा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति अनिल गौड, प्रेस युनियनका पुर्वअध्यक्ष आरपी उपाध्याय, नेपाली काङ्ग्रेस रामग्राम नगरपालिकाका सचिव विकास घिमिरे, प्रेस युनियनका जिल्ला शाखा उपाध्यक्ष सद्दाम हुसेन अन्सारी लगायतले नेपाली काङ्ग्रेस र प्रेस युनियनबीचको अन्तरसम्बन्धबारे प्रकाश पारेका थिए ।

रामग्राम नगरपालिकाको उजैनीमा रहेको भगवान गौतम बुद्धको अष्टधातु स्थल रामग्राममा बृहत् सरसफाइ कार्यक्रम गरिएको पनि नेपाल प्रेस युनियन जिल्ला शाखा पश्चिम नवलपरासीले जनाएको छ ।