प्रहरी प्रवक्तामा डिआइजी कार्की

प्रहरी प्रवक्तामा डिआइजी कार्की


प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय प्रवक्तामा हालै बढुवा भएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

प्रहरी प्रवक्ता रहेका डिआइजी भीमप्रसाद ढकालको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएपछि डिआइजी कार्कीले निमित्त प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

हालै बढुवा भएका चार जना डिआइजीको पदस्थापनापछि डिआइजी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

प्रहरी नायव महानिरीक्षक कार्कीलाई ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।