७० लाख अपचलन मुद्धाका काफ्ले र खरेल पक्राउ

७० लाख अपचलन मुद्धाका काफ्ले र खरेल पक्राउ


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दाका फरार दुई जनालाई पक्राउ गरेको छ ।

कबिर शाहीसमेतको जाहेरीले ५ वटा बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको फैसलाले ३२ लाख २० हजार विगो वापतको रकम, १८ दिन कैद र १ लाख २८ हजार ८ सय रुपैयाँ जरिवाना तोकिएका दोलखाको तामाकोशी-१ का ईश्वरप्रसाद काफ्ले पक्राउ परेका हुन् ।

यस्तै ७ वटा बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको फैसलाले ३७ लाख रुपैयाँ विगो वापतको रकम, १७ दिन कैद र १ लाख ५८ हजार २ सय ८० रुपैयाँ जरिवाना तोकिएका रौतहट फतुवाविजयपुर-११ का राजेन्द्र क्षेत्री खरेललाई प्रहरीले पक्राउ गरेको हो ।