नन्दाले नेपाललाई दिलाइन् स्वर्ण पदक

नन्दाले नेपाललाई दिलाइन् स्वर्ण पदक


नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनशिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् ।

अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्री स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्णपदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

राखेपको कार्यकारी समितिको सदस्यसमेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेस्रो स्वर्ण पदक हो । यसअघि नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण जितेकी थिइन् ।