साफ महिला फुटबल प्रतियोगिता काठमाडौंमा हुने

साफ महिला फुटबल प्रतियोगिता काठमाडौंमा हुने


साफ महिला फुटबल प्रतियोगिता काठमाडौंमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को आज (२१ जेठ) बसेको प्रतियोगिता समितिको बैठकले उक्त प्रतियोगिता नेपालमा गर्ने तय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेशकुमार शाहले जानकारी दिए ।

उक्त प्रतियोगिता आयोजना गर्न नेपाल, भुटान र बङ्गलादेशले प्रस्ताव गरेका थिए ।