शान्ति सेनामा १ लाख ५१ हजार सैनिक : ७३ जनाको ज्यान गुम्यो

शान्ति सेनामा १ लाख ५१ हजार सैनिक : ७३ जनाको ज्यान गुम्यो


  • सुरेन्द्र सुवेदी, काठमाडौं

विश्वका विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सेनामध्ये ७३ जनाले ज्यान गुमाइसकेको सैनिक मुख्यालयले जनाएको छ । शान्ति सेनामा हालसम्म १ लाख ५१ हजार ४ सय ९१ जना सैनिक खटिसकेका छन् ।

सन् १९५८ बाट सुरु भएको विश्व शान्ति कार्यमा नेपाली सेनाको सहभागिता ६ दशकभन्दा लामोे छ । ‘हालसम्म विभिन्न ४४ वटा मिसनमा नेपाली सेनाका १ लाख ५१ हजार ४९१ जना शान्ति सैनिकले विश्व शान्ति स्थापनार्थ विशिष्ट योगदान दिइसकेका छन् भने सो क्रममा ७३ जनाले वीरगति प्राप्त गरेका छन्’- सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले भने ।

अहिले ५ हजार ८ सय ८३ जना नेपाली शान्ति सैनिक विश्वका विभिन्न ११ वटा शान्ति मिसनमा तैनाथ रहेका छन् । विश्व शान्ति स्थापनार्थ शान्ति सैनिक खटाउने मुलुकहरूमध्ये नेपाल पहिलो स्थानमा छ । त्यसै गरी महिला शान्ति सैनिक खटाउने राष्ट्रहरुमा समेत नेपाल पहिलो स्थानमा रहेको छ । हालसम्म २ हजार ६ सय ९४ जना महिला शान्ति सैनिकले विभिन्न शान्ति मिसनमा योगदान दिइसकेका छन् भने हाल ६ सय ६१ जना कार्यरत छन् ।

शान्ति सेनामा खटिएका स्पेशल गार्ड युनिट दोश्रो डफ्फा, लिवियामा जमदार थिरप्रसाद गौतमको २०७७ साल वैसाख १८, हाई रेडिनेस गुल्म पाचौँ डफ्फा, अनमिस मिसन दक्षिण सुडानमा प्युठ दिपेन्द्र वस्तीको २०७८ साल मंसिर १९, क्वीक रियाक्सन फोर्स कम्पनी पहिलो डफ्फा, मोनुस्को मिसन कङ्गोमा अमल्दार अनिल गुरुङ्गको २०७८ साल चैत २२ गते निधन भयो । यस्तै वीरदल गण नवौं डफ्फा, अनमिस मिसन दक्षिण सुडानमा गुल्म कार्य हुद्दा पशुपति कार्कीको २०७९ साल पुस ७ गते निधन भयो । उनीहरुका परिवारलाई सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले म्बन ज्बmmबचकपवयमि पदक पदक प्रदान गरेका छन् ।