भन्सार छलेर भित्र्याइएका सामानसहित नौ जना पक्राउ

भन्सार छलेर भित्र्याइएका सामानसहित नौ जना पक्राउ


भन्सार छलेर भित्र्याइएका रु. नौ लाख ७९ हजार मूल्यका सामानसहित प्रहरीले नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मुजफरनगरका २९ वर्षीय कल्बे अब्बास, सोही ठाउँका ५३ वर्षीय इसरार हुसेन, २९ वर्षीय मजर अली, ५० वर्षीय गुल्सन अली, २७ वर्षीय नजफ अली र ५० वर्षीय सेहेजात गुड्छु, उत्तर प्रदेशको मेरठका २६ वर्षीय हुसेन अब्बास र ३१ वर्षीय कोमी सलमान तथा रौतहटको चन्द्रपुर नगरपालिका-९ का ३८ वर्षीय दीपक दाहाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

काठमाडौं महानगरपालिका-२८ बागबजारमा भारतीय नागरिकले भन्सार छली गरेका लत्ता कपडा भण्डारण गरी अवैध रुपले कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले खानतलासीका क्रममा नौ जनाको साथमा रहेको २७ थान सेन्थेटिक झोला, रु चार लाख २५ हजारको लत्ताकपडा र रु दुई लाख नगद बरामद गरेको छ ।