सशस्त्र प्रहरीद्वारा फ्रुस्रेखोलाबाट युवकको शव उद्धार

सशस्त्र प्रहरीद्वारा फ्रुस्रेखोलाबाट युवकको शव उद्धार


कास्कीको पोखरा महानगरपालिका-१७ छोरेपाटन भोटेक्याम्पनजिकै फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका एक युवकको शवको सशस्त्र प्रहरीले उद्दार गरेको छ ।

पर्वतको कुश्मा नगरपालिका-१३ घर भइ हाल पोखरा १७ छोरेपाटन बस्ने वर्ष २८ को विश्वास सुवेदी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हे.क्वा. पोखराबाट विशेष खोज, उद्वार एवम् गोताखोर टोली तत्कालै परिचालन भई फुस्रे खोलाको २५ फिट गहिराइमा अड्किएर बसेको शवको उघार गरेको हो ।

सुवेदीको शवलाई पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिएका छन् ।