प्रधानमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्री स्वदेश फिर्ता


भारतको औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड सोमबार (२८ जेठ) साँझ स्वदेश फर्कनुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सरिक हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । उहाँ नयाँदिल्लीस्थित भारतको राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित प्रधानमन्त्री मोदीको शपथग्रहणसम्बन्धी विशेष समारोह र रात्रिभोजमा सरिक हुनुभएको थियो ।

शपथग्रहण समारोहपश्चात् प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो । प्रधानमन्त्री प्रचण्डले सोमबार नै भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा उहाँहरुबीच नेपाल-भारत सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

photo: rss