युवतीको अश्लिल भिडियो बनाएको आरोपमा दुई पक्राउ

युवतीको अश्लिल भिडियो बनाएको आरोपमा दुई पक्राउ


धनगढी (कैलाली)मा युवतीको अश्लिल भिडियो बनाएको आरोपमा मोबाइल ग्यालरीका सञ्चालकसहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालक धनगढी-१ का शल्ताज आलम र उनको पसलमा काम गर्ने १३ वर्षीय बालक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रबहादुर बोहराले जानकारी दिएअनुसार मोबाइल पसलमा मर्मत गर्न दिएको मोबाइलमा मोबाइलधनीकी बहिनीको मुखाकृति जोडी अश्लिल भिडियो, फोटो बनाइ मोबाइलधनीको फेसबुक म्यासेन्जरमा पठाएको तथा मोबाइलधनीको फेसबुक आइडी आफैंले चलाइ विभिन्न अश्लिल साइट सर्च गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पीडित युवतीले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।