यात्रुबाहक बस र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु

यात्रुबाहक बस र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु


कपिलवस्तुको बुद्ध भूमि नगरपालिका-४ झडुलामाईमा यात्रुबाहक बस र फलफुल बोकेको जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

आज (२९ जेठ) बिहान ५ः३० बजे काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको जिप एक आपसमा ठोक्किएका थिए ।

घटनामा परी पिकअपचालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढइको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले जानकारी दिए ।

ठक्करपछि पिकअप जिपमा च्यापिएका बढइको मृत शरीर घण्टापछिमात्र निकाल्न सकिएको थियो । घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।