उपप्रधानमन्त्री श्रेष्ठद्वारा भारतीय विदेशमन्त्रीलाई बधाई

उपप्रधानमन्त्री श्रेष्ठद्वारा भारतीय विदेशमन्त्रीलाई बधाई


उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय समकक्षी एस जयशंकरलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले बुधबार (३० जेठ) भएको टेलिफोन वार्तामा जयशंकरलाई विदेश मन्त्रीमा पुनः नियुक्त हुनुभएकामा बधाई दिँदै नेपाल-भारत सम्बन्धका विभिन्न पक्षबारे कुराकानी गर्नुभएको सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिनुभएको हो ।

त्यसअवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको पारस्परिक लाभकारी सहयोगलाई अझ अगाडि बढाउन सँगै काम गर्न तत्पर रहेको बताउनुभएको उल्लेख गर्नुभएको छ ।

यसैगरी भारतीय विदेश मन्त्री जयशंकरले पनि न्यानो भावनात्मक शुभकामना र बधाईका लागि उहाँलाई धन्यवाद व्यक्त गर्दै प्रशंसा गर्नुभएको छ । विदेश मन्त्री जयशंकरले द्विपक्षीय मित्रतालाई अगाडि बढाउनका लागि मिलेर काम गर्न तत्पर रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ ।

file photo: rss