माओवादी केन्द्रले गण्डकी प्रदेश नेपाली कांग्रेसका मुख्यमन्त्रीका उम्मेदवार सुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर मत दिने प्रदेश सांसद फणिन्द्र देवकोटालाई कारवाही गरेको छ ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको जानकारी दिए । अब सांसद देवकोटा पदमुक्त हुने प्रवल सम्भावना छ र, यो प्रकरण अदालत पुग्ने निश्चित छ ।
माओवादीको निर्वाचन चिन्हबाट चुनाव लडेका देवकोटा नेपाल समाजवादी पार्टी (नेसपा) मा आवद्ध छन् । गोरखा २ ‘क’ बाट निर्वाचित देवकोटालाई कांग्रेसका नेता पाण्डेलाई मत नदिन माओवादीले निर्देश गरेको थियो । देवकोटा अहिले पाण्डेनेतृत्वको मन्त्रिमण्डलमा ऊर्जामन्त्री छन् ।
प्रतिक्रिया