ट्यांकर चालक संघसँग सहमति : पेट्रोल पम्प खुल्ने

ट्यांकर चालक संघसँग सहमति : पेट्रोल पम्प खुल्ने


राजधानीमा बन्द भएका पेट्रोल पम्पहरू खुल्ने भएका छन् । ट्यांकर चालक संघसँग सहमति भएपछि उपत्यकामा बन्द भएका पम्पहरु खुल्ने भएका हुन् ।

संघले सातबुंदे माग राख्दै पेट्रोलियम पदार्थ नबोकेपछि आइतबारदेखि प्रायः पम्पहरु बन्द थिए ।

संघ र सरकारबीच तीनबुंदे सहमति भएको हो । चालकहरुले सोमबारदेखि नै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने जनाएका छन् ।