पाँचथर बहुमुखी क्याम्पसमा तेत्तिस वर्षपछि नयाँ नेतृत्व

पाँचथर बहुमुखी क्याम्पसमा तेत्तिस वर्षपछि नयाँ नेतृत्व


पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समिति निर्वाचनमा शुभराज थापाको टिम निर्वाचित भएको छ । सोमबार भएको निर्वाचनमा लोकतान्त्रिक समूहको नेतृत्व थापाले गरेका थिए । गत जेठ ३२ गतेबाट सुरु भएको क्यापससभा सोमबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । योसँगै पाँचथर बहुमुखी क्याम्पसले ३३ वर्षपछि नयाँ नेतृत्व पाएको छ ।

थापाले नवराज घिमिरेलाई एक सय ५७ मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले तीन सय ६८ मत प्राप्त गर्दा घिमिरेले दुई सय ११ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा यसअघि नै नवीन बुढाथोकी निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै, सदस्यहरुमा चन्द्रप्रसाद भट्टराई, भीमबहादुर कार्की, उमेश अधिकारी, होमकुमार लावती, लक्ष्मी गौतम, तुलसा तामाङ र सावित्रीदेवी गुरुङ निर्वाचित भएका छन् । सदस्यहरुमा चन्द्रप्रसाद भट्टराइ बाहेक सबै जना थापा समुहबाट निर्वाचित भएका हुन् ।