नेकपा एसको कारणले सत्तागठबन्धन नटुट्ने माधव नेपालको प्रष्टोक्ति

नेकपा एसको कारणले सत्तागठबन्धन नटुट्ने माधव नेपालको प्रष्टोक्ति


नेकपा एसका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको कारणले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको र निश्चित उद्देश्य प्राप्तिका लागि गरिएको सहकार्यले निरन्तरता पाउने उल्लेख गरे ।

महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस सङ्गठन नेपालद्वारा आज (६ असार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘जनताका आवश्यकता पूरा गर्न र समृद्धिको यात्रा अघि बढाउने उद्देश्यकासाथ सरकारसँग सहकार्य गरिएको हो, सरकारसँगको सहकार्य हाम्रा कारणले टु्ट्दैन ।’

तथापि, सत्ता गठबन्धनमा सहभागी दलहरुबीच सघन संवाद भने हुन नसकेको उनको भनाइ छ ।

गठबन्धन दलहरुबीचको सम्बन्ध जीवन्त राख्न प्रधानमन्त्री प्रचण्डकै मुख्य पहलकदमी हुनुपर्ने भन्दै उनले सरकार सञ्चालन गर्न सत्ता गठबन्धन दलहरुबीच सरसल्लाह भइरहनुपर्ने तर यो पर्याप्तरुपमा हुन नसकेको बताए ।

file photo