प्रचण्ड नेतृत्वको माओवादीले चुनावमा भाग लिन नपाउने †

प्रचण्ड नेतृत्वको माओवादीले चुनावमा भाग लिन नपाउने †


चितवन जिल्ला स्थायी ठेगाना भएका पुष्पकमल दाहाल प्रचण्डले एकीकृत माओवादी पार्टीको नेतृत्व गरेको २३ पुगेर २४ वर्ष लाग्यो । यसबीचमा उनले पार्टीको नेतृत्वमा आउन चाहने र नेतृत्व लिन सक्ने खुवीका नेतालाई अनेक बहानामा कारबाही गरी रसातलमा पु¥याए । नेतृत्वमा रहिरहन पार्टीभित्रका धेरै साथीलाई फुटाउने र मिलाउने अभियानमा समेत सक्रिय रहे र सफल हँुदै पनि आए । तर, आफ्नो एकलौटी अभियान मैजारोमा पुगेको निष्कर्ष स्वयम् प्रचण्ड नै पुगेको एमाओवादीका एक केन्द्रीय नेताले बताएका छन् ।
निर्वाचन आयोगले आफू स्थानीय निकायको चुनावका लागि तयार भएको जनाउँदै त्यसका लागि पार्टीहरूबाट उपयुक्त सुझाव लिन सुरु गरेपछि प्रचण्डले आफूनिकटस्थहरूलाई यस्तो सङ्केत दिएका हुन् । आयोगलाई विधानअनुसार नचलेका पार्टीलाई निर्वाचन प्रक्रियामै सहभागी नगराउनेसम्मको अधिकार छ । आयोगले साँच्चै हिम्मत गर्ने हो भने, विधानविपरीत चलेको भन्दै माओवादीलाई कारबाही गर्न सक्छ । माओवादी पार्टीको विधानमा पनि प्रत्येक पाँच वर्षमा अनिवार्य महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने उल्लेख छ । तर, माओवादीले महाधिवेशनबाट नेतृत्व चयन नगरेको ठ्याक्कै २१ वर्ष पुगेको छ भने प्रचण्ड पार्टी नेतृत्वमा रहेको २४ वर्ष भएको छ ।
०४२ सालमा पार्टीको केन्द्रीय समिति सदस्य बनेर ०४५ सालमा अनेक तिकडम गरी आफ्ना कम्युनिस्ट गुरु मोहन वैद्यलाई पाखा लगाएर पार्टीको महासचिव बन्न पुग्नुभएका प्रचण्ड आजसम्म नेतृत्वमै रहन सफल हुनुभएको छ । ०४८ सालमा पार्टीको पहिले महाधिवेशनले उनलाई पार्टीको वैधानिक महासचिव बनायो भने ०५७ सालमा भएको दोस्रँे राष्ट्रिय सम्मेलनले महासचिवबाट पार्टीलाई अध्यक्षात्मक प्रणालीमा लैजाँदै अधिकारसम्पन्न अध्यक्ष्ँ बनायो र बने आजसम्म सदावहार अध्यक्ष्ँ कमरेड प्रचण्ड । त्यसो त पार्टीका नेताहरूले बेलाबेलामा पार्टीको महाधिवेशन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । तर, महाधिवेशनबाट निस्कने नतिजा आफूअनुकूल नहुने देखिएपछि उनले शान्ति र संविधानको बहानामा अधिवेशनको मिति सार्दै आएका छन् ।
पार्टी नेतृत्वमा रहेको यस अवधिमा उनले पार्टीमा हिटलरी शैली नै मच्चाएको माओवादीका एक नेताले बताए । नेपाली जनताको मुक्तिका नाममा ०५२ देखि ०६२ सालसम्म गरेको १० वर्Èे सशस्त्र युद्धमा करिब १५ हजार निर्दोष नेपालीको ज्यान गयो । सन्तुलन मिलाउन सक्ने र अरूसँग प्रतिस्पर्धा गर्न अनेकन रूप धारण गर्न सक्ने गुणलाई पार्टीभित्र संस्थागत विकास गराए । सम्मानका भोका, खानका शौखिन, पावर र पैसाको पछि लागिरहने नेताको रूपमा उनले ख्याति कमाए । यतिसम्म कि उनले आफ्नै नाममा पार्टीको कार्यदिशा तयार गरे र नाम दिए प्रचण्डपथ । यही मूल नाराका साथ वार्ता, गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधानसभा हुँदै गण्ँतन्त्रमा जाने चतु¥याइँपूर्ण नीति अघि सारे । यो पनि द्वन्द्वकालमा पार्टीले जुम्ला, खारालगायतका स्थानमा ठूला आक्रमण्ँमा असफल भएपछि लडाइँबाट मात्र सत्ता कब्जा नहुने निचोडमा पुगेपछि हो ।
खुला परिवेशमा आएपछि प्रचण्डले आफ्ना आफन्तलाई छुट्याउन थाले । फरक विचारका नेतालाई उनले बेवास्ता गर्न थाले । खालि आफ्ना अन्धभक्त, प्रशंसकको मात्र कुरा सुन्न थाले । आन्दोलनमा लागेर आफ्नो भौतिक जीवन सुधार गर्न लागिपरेकालाई मात्र आफ्नो ठान्न थाले । पद, पैसा, प्रतिष्ठा अनि कमिशनमा रमाउन थाले । माओवादीका युवा नेता नेत्रविक्रम चन्दले भने, ‘प्रचण्ड कमरेडमा विलासिताको मोहले अत्यन्तै गहिरो जरा गाड्यो । यतिसम्म कि पार्टीको सामान्य दस्तावेज लेख्न पनि सपरिवार होटल, रिसोर्टमा जाने बानी बसाले । पार्टी नेतृत्वमा रहेर जनता, किसान, गरिब वर्गभन्दा पनि आफ्नो सुविधा जोगाउने अभियानमा लागे । नोकरशाही, व्यक्तिवादी, एकाधिकारवादी चिन्तनलाई महŒव दिए । आर्थिक अनियमितता गर्नमा कुनै कसर बाँकी राखेनन् । पार्टीलाई राष्ट्रिय रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमै बद्नाम गराए र नेपालमा प्रचण्डजस्तो अरू नेता छैन भन्ने भ्रम छरे ।’
‘पार्टीको महाधिवेशन डाकिन्छ र प्रचण्डमा भएका सबै गुणहरू छताछुल्ल पारेर नयाँ नेतृत्व चयन गरिन्छ,’ वैद्यनिकट अर्का नेताले भने । ती नेताले भने, ‘पार्टीले महाधिवेशन नगरी अब हुने कुनै पनि चुनावी प्रक्रियामा पार्टी सहभागी हुन नमिल्ने भएकोले महाधिवेशनको विकल्प छैन ।’ निर्वाचन आयोयले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले विधानअनुसार नचलेको पार्टी निर्वाचन प्रक्रियामा सहभागी हुन नसक्ने बताए । उनले भने, ‘विधान र निर्वाचन आयोगको नियमअनुसार नचलेका पार्टीलाई निर्वाचनमा सहभागी गराइने होइन कारबाही गरिन्छ ।’ आयुक्त उप्रेतीले लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन एकमात्र विकल्प रहेको भन्दै नयाँ निर्वाचनका लागि आफूहरू तयार रहेको पनि बताए । ‘कुनै एक पार्टीको समस्यालाई लिएर चुनावी प्रक्रियामा असर पुग्ने काम कसैले गर्नुहुँदैन,’ उप्रेतीको भनाइ छ ।